काठमाडौँ, ८ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपालको विविधि क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने व्यक्त गरे ।
जलविद्युत, पूर्वाधार, पर्यटन र सुरक्षाको क्षेत्रमा तालिम तथा प्रविधिमा इजरायलको सहयोग तथा सहकार्यका लागि गृहमन्त्रीले राजदुतसँग आग्रह गरे ।
राजदूत ओमेरले नेपालसँग इजरायलको ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै यसलाई थप उचाईमा लैजानुपर्ने बताए ।
उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आफूले सक्दो पहल गर्ने जानकारी दिए ।
उनले साना किसान बैंकसँगको सहकार्यमा प्रत्येक वर्ष पाँच सय नेपाली कृषी सम्बन्धी तालिमका लागि इजरायल पुगेर शिप सिकेर फर्कने गरेको जानकारी दिँदै यसले नेपालको कृषी क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेलिरहेको टिप्पणी गरे ।
भेटमा राजदुत ओमेरले गृहमन्त्री थापालाई इजरायल भ्रमणको निम्तो समेत दिनुभयो । –––