पर्यटनमा ‘विचौलियाधन्दा’ : पैसाका लागि विदेशीको एजेन्ट बनेर नेपालकै बद्नाम गर्ने यी को हुन् ?

Diyo post  

काठमाडौं, १५ माघ । पदयात्री पर्यटकलाई ‘उद्दारका क्रममा’ हुने ठगीबारे पर्यटन मन्त्रालयले छानबीन गरेपछि यतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अध्ययन गरिरहेको छ ।
सिआइबीले ३० वटा कम्पनिलाई कारबाहीको दायरमा ल्याउने तयारी गरिरहेकै बेला केही समुहले भने नेपालको दुष्प्रचार गरेर आफूलाई फाइदा पुर्याउने गरी ‘धमिलो पानीमा माछा मार्ने’ दाउ गरिरहेको पाइएको छ ।


पर्यटन सिजन शुरु हुनै लाग्दा विदेशी विचौलिया कम्पनिहरुले नेपालको पर्यटन क्षेत्रको दुष्प्रचार गरिरहेको पाइएको हो ।


बेलायतमा मुख्यालय रहेको ट्राभलर एसिस्ट नामक विमा विचौलिया कम्पनिले नेपालको पर्यटन क्षेत्रको दुष्प्रचार गर्दै नेपालमा हुने रेस्क्यु सम्बन्धि व्यापार हात पार्न लागि परेको प्रमाण समेत फेला परेको छ ।


दियोपोस्टलाई प्राप्त प्रमाण अनुसार ट्राभलर एसिस्टले नेपालका विभिन्न व्यावसायीहरुलाई ‘नेपाल सरकारले अधिकांश कम्पनिलाई कारबाही गरेको कारण आफूहरुसँग विमा गर्न’ दबावमुलक इमेल लेखेको पाइएको छ ।


हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलको इमेललाई ट्राभलर एसिस्ट नामक विचौलिया कम्पनिले केही दिनअघि यस्तै आसयको इमेल लेखेको थियो ।

‘हामी यसमा समलग्न छैनौँ तर हामीलाई नै दोष लगाएर ट्राभलर एसिस्टका एमडि जोनाथन बेनक्रफ्टले इमेल लेखेका छन्,’ कँडेलले दियोपोस्टसँग भने,‘उसले हामीलाई के आधारमा दोषारोपण गर्यो । त्यो प्रमाण हामीलाई चाहिन्छ ।’


कँडेलका अनुसार पत्रकार सम्मेलन गर्छ भन्ने थाहा पाएकै दिन ट्राभलर एसिस्टले इमेल गरेको थियो ।


‘हामीले पत्रकार सम्मेलन गर्छु भनेकै दिनमा इमेल आयो । नेपालकै एजेन्ट मार्फत यस्तो भएको हुन सक्छ,’ कँडेलले भने,‘हामी अब सशक्त प्रतिवाद गर्छौं ।’


नेपाली व्यावसायीलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यम मार्फत बद्नाम गराउने व्यक्ति भनेर चिनिएका जोनाथन बेनक्रफ्ट ट्राभलरर एसिस्टका म्यानेजिङ डाइरेक्टर हुन् । अर्का डेनी केन पनि ट्राभलरर एसिस्टकै कर्मचारी हुन् । त्यहाँका कर्मचारी अहिले हेलिकोप्टर कम्पनीलाई इमेल गरेर ‘आफूमात्र कमाउने’ भन्दै अप्रत्यक्ष चेतावनी दिन थालेका छन् ।

बेलायती नागरिक डेनी केनले गार्डियन लगायत ६ वटा पत्रिकामा नेपालको पूर्ण बद्नाम गराएको पर्यटन व्यावसायीहरुको आरोप छ ।


उनी अहिले आएर सबैलाई इमेल पठाउँदै हामीमार्फत् नेपाल गए सहज हुन्छ, नत्र ठगिन्छौ भन्दै आफ्नो व्यापार बढाउने धन्दामा नेपालकै बद्नाम गर्न उद्दत छन् । यही हल्लाका कारण पर्यटक आगमन दर घट्दो अवस्थामा पुगेको पर्यटन मन्त्रालयकै कर्मचारी बताउन थालेका छन् ।

को हुन् विदेशीको विचौलिया धन्दामा सामेल हुने नेपाली एजेन्ट !


ट्राभलरर एसिस्टको नाममा व्यावसायीहरुलाई दबावमुलक इमेल आउने क्रममा नेपालको सम्पर्क व्यक्ति भन्दै एनसेलको ९८१८२९….. नम्बर समेत आयो ।

त्यो नम्बरको भाइबर फोटो समेत ट्राभलरर एसिस्टकै थियो । दियोपोस्टले आफू ग्राहक बनेर उक्त नम्बरमा फोन गर्दा उनले ‘आफू ट्राभलर एसिस्ट’ को नेपालको आधिकारीक व्यक्ति भएको बताएका थिए । तर, मिडिया भन्ने थाहा पाएपछि उनी हच्किए र उनले आफूले नेपालको काम हेरिदिएको मात्रै भन्दै टारिरहे । यसरी नेपालको बद्नाम गराउने धन्दामा लागेका व्यक्तिबारे खोजी गर्दा – जय राणा नामको व्यक्तिको पहिचान खुल्यो ।


उनको स्वामित्वमा रहेको समिट ट्रोपर ट्रेक्स एण्ड एक्सपीडिसन, समिट रेस्क्युले रेस्क्युको व्यापार हातमा लिनका लागि व्यावसायीहरुलाई दबाव दिएका रहेछन् ।


काठमाडौंको कमलादी ल्यान्डमार्क अपार्टमेन्टमा रहेको यो कम्पनिले नेपालकै बद्नाम गरेर भएपनि ‘आफू मात्रै कमाउने रणनीति’ लिएको छ ।

सम्बन्धित खबर