काठमाडौँ, पुष १६ । कास्मिरको लाईन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहान हुँदा दुई भारतीय सैनिकको मृत्यु भएको छ।
बुधबार जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयका प्रवक्ता तथा प्रमुख ससेनानी देवेन्द्र आनन्दले बताएका छन्। ‘दुई भारतीय सेना खोजी तलासीको अपरेशनमा शहिद भएका छन्’ उनले भने, ‘अप्रेशन अझै जारी नै छ।’
पाकिस्तानी सेना भारत छिर्ने प्रयासमा रहेका बेला उनीहरुबीच खारी थरेत जंगलमा गोलीबारी भएको भारतय सञ्चार माध्यम हिन्दुस्तान टाईम्सले जनाएको छ।
भारतमा आतंकवादी भित्र छिर्न थालेको भन्दै खोजीतलासीको अपरेशन सुरू गरिएको थियो। यो भन्दा ठूलो अपरेशन थाल्न लागेको समेत भारतीय अधिकारीले जनाएका छन्।