काठमाडौँ, पुष १७ । इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २–० गोलले पराजित गरेको छ ।
आर्सनलको जितमा निकोलास पेपे र सोक्राती पापस्तथोपोलोसले एक एक गोल गरे । आर्सनलले दुबै खोल खेलको पहिलो हाफमा गरेको हो ।
खेलको आठौँ मिनेटमा निकोलासले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सइद कोलासिनाकको पासलाई सदुपयोग गर्दै पेपेले गोल गरेका थिए । लिगको यस बर्षको सिजनमा उनको यो पाँचौ गोल हो । ४२ औँ मिनेटमा सोक्रेटले थप एक गोल गर्दै खेलको पहिलो हाफमा नै आर्सनललाई २–० को अग्रता दिलाएका थिए ।
खेलको दोस्रो हाफमा दुबै टोलीले गोलको प्रयास गरेको भएतापनी कुनै पनि गोल थप हुन नसक्दा आर्सनल विजयी भएको हो । जितसंगै आसएनल २१ खेलबाट २७ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ । युनाईटेड ३१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।