
एजेन्सी । बिग बास लिग (बिबिएल) मेलबर्न स्टार्स र सिड्नी थन्डर्स प्रतिस्पर्धा गर्दै छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेका मेलबर्न स्टार्सको खेल बिहान साढे १० बजेबाट शुरु हुँदै छ ।
आजको खेलमा सन्दीप लामिछाने भने देखिने छैनन् । उनि चोटका कारण मैदान बाहिर रहने मेलबर्न स्टारर्सले जनाएको छ । उनको स्थानमा हरिसले खेल्ने छन् ।
४ खेलमा ३ जित हात पारेको मेलबर्न ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यस सिजन सन्दीपले ४ खेलमा ३ विकेट हात पारेका छन् । सन्दीप होबार्ट हुरिकेन्सविरुद्धको खेलमा विकेट विहीन भएका थिए ।