सांस्कृतिक संस्थानले पायो नयाँ अध्यक्ष र महाप्रबन्धक

दियो पोस्ट  

काठमाडौं । सरकारले साँस्कृतिक संस्थान (नाचघर)को अध्यक्षमा प्रेमनाथ अधिकारी र महाप्रबन्धकमा अशोककुमार राईलाई नियक्त गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संस्थानमा नियुक्ति बारे जानकारी दिए ।

उनीहरूलाई यही मंसित १४ गते बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । दुवै जनाको कार्यकाल चार वर्षको हुने छ ।

अध्यक्षमा नियुक्त भएका अधिकारी तेह्रथुमको म्याङलुङ नगरपालिका-१० निवासी हुन् भने राई ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ निवासी हुन् ।