सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको ७४ हजार ५ सय

दियोपोस्ट संवाददाता

काठमाडौँ ,पुष १८ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड तोडेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला ७४ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले बताएको छ।

यो हालसम्मकै उच्च हो।

त्यस्तै, चाँदी प्रतितोला ९ सय रूपैयाँ तोकिएको छ।

शुक्रबारका लागि तेजावी सुन भने प्रतितोला ७४ हजार २ सय कायम भएको छ।

सम्बन्धित खबर

सिफारिस