
काठमाडौँ, पुष १८ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् । उनलाई नियमित डायलासिसको लागि त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।
प्रधानमन्त्री ओली डायलासिस गरेर आजै बालुवाटार फर्कने छन् ।
१२ वर्षअघि मृगौला फेरेका प्रधानमन्त्री ओलीको पछिल्लो समय प्लाज्माथेरासिसले काम नगरेपछि नियमित हेमोडायलासिस गर्दै आएका छन् ।