कासिम सुलेमानी मारिएपछि इराकमा आन्दोलन, ६ जनाको मृत्यु

दियो पोस्ट  

एजेन्सी । इरानका शक्तिशाली कमाण्डर जनरल कासिम सुलेमानी इराकमा मारिएपछि पनि अमेरिकाले आफ्नो अप्रेसन रोकेको छैन । सूचना अनुसार अमेरिकी ड्रोनले शुक्रबार मध्यरातसम्म उत्तरी बगदादमा सिया विद्रोही संगठन –पपुलर मोविलाइजेसन फोर्स (पीएमएफ) माथि हमला गरेको थियो । यस हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

समाचार अनुसार बगदादको पूर्वस्थित ताजी सहरमा मानिसहरूले ठूलो धमाकाको आवाज सुनेका थिए । अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पले शुक्रबार मध्यरात इरानी जनरलविरुद्ध गरिएको कारबाहीबारे पत्रकार सम्मेलन गरेका थिए । सम्मेलनमा उनले भने, ‘जनरल कासिमलाई मार्ने निर्णय दुई देशबीचको सम्भावित युद्ध रोक्नका लागि गरिएको थियो । न कि सुरु गर्नको लागि ।’

उनले अमेरिकी सेनाको अचुक हमलाबाट विश्वको एक नम्बर आतंकी जनरल सुलेमानीको मृत्यु भएको जानकारी गराए । यसका साथै त्यस क्षेत्रमा आतंकको राज अन्त्य भएको घोषणा पनि ट्रम्पले गरे । ट्रम्पले अघि भने, ‘कासिम सुलेमानी अमेरिकी अधिकारी र सैनिमाथि आक्रामणको योजना बनाइरहेका थिए । तर हामिले उनलाई पक्र्र्यौं र मार्न सफल भयौं ।’

सुलेमानीको मृत्युपछि मध्यपश्चिम एसियाली देशबीच अब वर्चश्व नभई युद्ध सुरु हुनसक्ने सम्भावना देखिन्छ । यसको असर देखिन थालेको छ । अमेरिकाले खाली देशमा राखिएका शैन्य बेसको सुरक्षा बढाएको छ । इराकमा ५ हजार अमेरिकी सैनिक तैनाथ छन् ।

७५० सैनिक दुई अघि मात्र पठाइएको थियो । अब तीन हजार सैनिक पुन थप पठाउन लागिएको छ । बगदाद विमानस्थलमा सबै हवाई उडान बन्द गरिएको छ । जनरल कासिम सुलेमानी सन् १९९८ मा इरानी रिवोल्युसनरी गार्डस्का स्पेसलिस्ट एजेन्टको ‘कुद्स सेना’ को प्रमुख बनेका थिए ।

अमेरिकी गुप्तचर विभागको लिग भएको दस्तावेज अनुसार कासिममाथि सीरिया र इराकमा स्थानीय लडाकुलाई अमेरिकी सैनिकविरुद्ध युद्ध गर्ने तरिका सिकाएको आरोप थियो ।