सुनको मुल्यमा प्रतिदिन ५ सयको बृद्धी, तोलाको ७६ हजार पुग्यो

दियो पोस्ट  

काठमाडौँ, पुष २१ । सुनको मुल्य दिनदिनै बढ्दै गइरहेको छ । सोमबार सम्म आइपुग्दा सुनको मुल्य हालसम्मको उच्च बिन्दुमा पुगेको हो । शुक्रबार देखि लगातार बढेको सुनको मुल्य आजसम्म आइपुग्दा तोलाको ७६ हजार पुगेको छ ।

शुक्रबार ७४ हजार पाँच सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आइतबारको प्रतितोला मुल्य ७५ हजार पाँच सय पुगेको थियो ।

आजको सुनको मुल्य अहिले सम्मकै उच्च हो । अन्तराष्ट्रिय बजारमा नै सुनको मुल्य बढेर आएको हुँदा नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको सुनचाँदी व्यवसायी सँघले जनाएको छ । केही समययता लगातार सुनको मुल्य बढेसँगै सुनचाँदी व्यवसायीहरु मारमा परेका छन् ।

तेजावी सुनपनि सोमबारसम्म आइपुग्दा प्रतितोला मुल्य ७५ हजार ७ सय पुगेको छ । त्यस्तै चाँदी प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९०० रहेको चाँदीको मुल्य सोमबार २० रुपैयाँले बढेको हो ।