केन्याको अमेरिकी सैनिक शिविरमा इस्लामिक आक्रमण, तीन जनाको मृत्यू

दियो पोस्ट  

एजेन्सी । केन्यामा अमेरिकी सेना बसिरहेको शिविरमा आक्रमण हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना अमेरिकी सैनिक र दुई जना ठेकेदार रहेका छन् ।

केन्या र अमेरिकी सेनाले प्रयोग गरिरहेको शिविरमा अल शहबाब नाम इस्लामिक विद्रोही समुहले आइतबार राति आक्रमण गरेको थियो । आक्रमणबाट अमेरिकी रक्षा विभागनका दुई सैनिक समेत घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको अमेरिक मिलिटरी अफ्रिका कमाण्डले जनाएको छ ।

आक्रमणपछि जनरल स्टेफेन टाउनसेन्ड कमान्डर अफ युएस अफ्रिका कमाण्डले वक्तव्य जारि गर्दै ज्यान गुमाएका आफ्नो सहकर्मीप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

सिफारिस