कीर्ते नागरिकता बनाएर मनि ट्रान्सफरबाट पैसा निकाल्ने २ जना पक्राउ

दियो पोस्ट  

बारा, पुष २२ । प्रहरीले बाराबाट कीर्ते नागरिकता बनाई मनी ट्रान्सफरबाट पैसा निकाल्ने २ जनालाई पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिकास्थित कलैया बजारको शिवम् मनि ट्रान्सफरबाट ९५ हजार पैसा निकाल्दै गर्दा दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा रौतहट गरुडा नगरपालिका–४ बस्ने २६ बर्षीय सुरेन्द्र साह र गढीमाई नगरपालिका गमरिया टोल बस्ने श्याम चौधरी रहेका छन् । उनिहरुले बाराको सिम्रौनगढ नगरपालिका कचोर्वा घर भई हाल मलेसिया बस्ने कृष्ण साहसँग मिलेर कीर्ते नागरिकतामार्फट मनि ट्रान्सफरबाट पैसा निकालेका थिए ।

पक्राउ परेका दुबै जनाको प्रारम्भिक अनुसन्धानबाट उनिहरुले कीर्ते नागरिकता बनाई अन्य व्यक्तिको नाममा आएको पैसा निकाल्ने गरेको पाइएको छ । प्रहरीको अनुसार प्रसौनी गाउँपालिका–६ प्रस्टोका बस्ने एक ब्यक्तिको नाममा न्यू एशियन मनि ट्रान्सफरबाट १ लाख रुपैयाँ र खजान टोल बस्ने एक ब्यक्तिको नाममा आरके इन्टरप्राइजेजबाट ६० हजार निकालेको खूल्न आएको छ ।

उनिहरुको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

सिफारिस