सुनको मुल्य ५ सयले घट्यो, तोलाको ७५ हजार ५ सय

सुनको मुल्य ५ सयले घट्यो, तोलाको ७५ हजार ५ सय

काठमाडौँ, पुष २२ । लगातारको उकालो लागेको सुनको मुल्य मंगलबार भने घटेको छ । आज छापावाल सुनको प्रतितोला मुल्यमा ५ सयले घटेको हो । मुल्य घटेसँगै छापावाल सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको छ ।

शुक्रबारबाट सोमबार सम्म आइपुग्दा सुनको मुल्यमा १५ सयले बृद्धी भएको थियो । आइतबार एकदिन प्रतितोला मुल्यमा एक हजारले वृद्धी भएको थियो । तेजावी सुनको मुल्य ७५ हजार २ सय पुगेको छ । चाँदी प्रतितोला ९ सयमा कारोबार भएको छ ।

सोमबार तेजावी सुनको मुल्य ७५ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मुल्य ९ सय २० रहेको थियो ।

Trending News