दलित पत्रकारहरु देशैभरी संगठित हुँदै, नुवाकोट र दैलेखमा नयाँ जिल्ला कार्यसमिति गठन

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार संघ नेपालले देशै भरि संगठन विस्तार गर्ने अभियानलाई तीव्र बनाएको छ । यसै सन्दर्भमा दैलेख र नुवाकोट शाखाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

दैलेख शाखाको प्रथम जिल्ला सम्मेलनले रेडियोकर्मी पृथ बयलकोटीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

त्यस्तै उपाध्यक्षमा टोपेन्द्र सोनी, सचिव कृष्ण दैलेखी, सहसचिव दुर्गा दर्जी, कोषाध्यक्ष कमला बीसी, सदस्यहरु सन्दीप बिक, करिना नेपाली चयन भएका छन् ।

सम्मेलनले कार्यसमितिको सल्लाहकारमा सूर्य बिश्वकर्मा, बिशाल सुनार र अभिशेक अनुराग छन् भने निकट भविष्यमा हुने कर्णाली प्रदेश सम्मेलनमा दैलेखबाट हिक्मत नेपाली र मदन बिकलाई प्रतिनिधि चयन गरेको छ ।

यसैक्रममा नुवाकोटको बिदुरमा सम्पन्न भेलाले संगम दर्जीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गोपाल मिजार, सचिवमा राजकुमार नेपाली, सहसचिवमा झरना नेपाली र कोषाध्यक्षमा कमला मगराती चयन भएका छन् । सो भेलाले पार्वती बिक, प्रमिला सुनार, बिन्दा मिजार र मनिष परियारलाई सदस्य चयन गरेको छ ।

सो भेलामा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनाल, राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नम्बर ३ का सचिव बसन्त परियार, पत्रकार महासंघका केन्द्रिय पार्षद धुर्बकुमार रावल, नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य शिब देबकोटा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नुवाकोटका सचिब गमला लामा, दलित संघ नुवाकोटका अध्यक्ष भोजबहादुर नेपाली लगायतले जिल्लामा रहेका दलित समुदायका पत्रकार संगठित हुँदा जिल्लाको दलित आन्दोलनमा सघाउँ पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय कमिटि तर्फबाट नव निर्मित कार्य समितिलाई तथा सम्पूर्ण टिमलाई बधाई दिइएको छ ।

सम्बन्धित खबर

सिफारिस