तीन किलो नक्कली सुनसहित भारतीय नागरिक गोंगबुबाट पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिकलाई आज बिहान गोंगबु नयाँ बसपार्कबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले भारतीय नागरिक मोहनलाल गुजरातीलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालले बताए ।

सम्बन्धित खबर

सिफारिस