एथ्लेटिकोसँग पराजित भएपछि बार्सिलोनाका स्टार मेस्सी क्रुद्ध

दियो पोस्ट  

काठमाडौँ, पुष २५ । स्पेनिस सुपर कपको सेमिफाइनल खेलमा बार्सिलोना पराजित भएको छ । गएराति भएको खेलमा बार्सिलोना एथ्लेटिको मड्रिडसँग ३–२ गोल अन्तरले पराजित भएको हो । सेमिफाइनल खेलमा पराजित भएपछि कप्तान लियोनल मेस्सी क्रुद्ध बनेका छन् । उनले सहज रुपमा जित्ने खेल पनि खेलाडीहरुको लापरवाहीको कारण गुमाउनुपरेको भन्दै आक्रोश ब्यक्त गरेका हुन् ।

४६ औं मिनेटमा कोकी क्लिनिकले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

लियोनल मेस्सीले ५१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । लगत्तै एन्टोनी ग्रिजम्यानले ६२ औं मिनेटमा बार्सालाई अग्रता दिलाएका थिए ।

एट्लेटिकोका अल्भरो मोराटाले ८१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याउन सफल रहे ।

खेल सकिन ४ मिनेट बाँकी छँदा कोरियाले गोल गर्दै बार्सिलोनालाई स्तब्ध बनाए ।

एट्लेटिकोले अब उपाधिका लागि शहरी प्रतिद्धन्दी रियल मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । रियलले बुधबार भ्यालेन्सियालाई हराउँदै प्रतियोगिताको फाईनल प्रवेश गरिसकेको छ ।