विप्लवका नवलपरासी जिल्ला सदस्य मोहन सापकोटा पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, पुष २५ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नवलपरासी जिल्ला सदस्य मोहन सापकोटा पक्राउ परेका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ बस्दै आएका २६ बर्षीय सापकोटालाई इलाका प्रहरी कार्यलय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

सापकोटालाई संगठित अपराध गरेको आरोपमा पक्राउ गरिएको हो । विसं २०७५ फागुन ३० गते चन्द समूहले गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फागुन २९ गते राति पश्चिम नवलपरासीको सरावल–१ तुल्सीनगरस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा ट्रकमा आगो लगाई सङ्गठित अपराध गरेको सापकोटामाथि आरोप लागेको थियो ।

त्यस्तै २०७६ साउन १६ गते बर्दघाट–१३ धनेवास्थित एनसेल टावरमा बम विस्फोटमा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

सम्बन्धित खबर

सिफारिस