तनहुँको घिरिङमा बस दुर्घटनाः एकको मृत्यु २५ घाइते

दियोपोस्ट संवाददाता

तनहुँ, पुष २५ । तनहुँको घिरिङ गाउँपालिका–३ मानपुर स्थित अर्चलकोटमा बस दुर्घटना भएको छ । पाल्पाको रामपुरबाट भीमाद आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस सडकमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घिरिङ–बैंडीकी २० बर्षीया मिना थापाको मृत्यु भएको छ ।

दुर्घटनामा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्य ४ जनाको अवस्था गम्भिर भएको प्रहरीले जानकारी दिएको छ । गम्भिर घाइतेहरुलाई उपचारका लागि पोखरा पुर्याइएको छ भने अन्यको स्थानीय अस्पताल र क्लिनिकहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस