इरानमा सरकारविरुद्ध आन्दोलन, कासिम सुलेमानीको फोटो समेत च्यातियो

इरानमा सरकारविरुद्ध आन्दोलन, कासिम सुलेमानीको फोटो समेत च्यातियो

काठमाडौँ, पुष २८ । इरान सरकारले युक्रेनी बिमानमा झुक्किएर क्षेप्यास्त्र प्रहार भएको अभिव्यक्ति दिएपछि त्यहाँका जनता आन्दोलित बनेका छन् । सरकारले जनतालाई भ्रममा राखेको र झुट बोलेको भन्दै जनताले इरानी सरकार र सर्वोच्च नेता आयतुला अलि खामनेइबिरुद्ध नाराबाजी गरेका हुन् ।

आन्दोलनका क्रममा उनिहरुले गत हप्ता अमेरिकी ड्रोन आक्रमणबाट मारिएका सैनिक प्रमुख कासिम सुलेमानीको तस्वीर पनि च्यातेका छन् । आन्दोलन चर्किँदै गएपछि सुरक्षाकर्मीले अश्रुग्याँस समेत प्रहार गरेका छन् । सुरक्षाकर्मीले आन्दोलनलाई तितरवितर पार्न खोजेपनि प्रदर्शन झन बढेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

गत बुधबार इरानी सेनाले प्रहार गरेको क्षेप्यास्त्र लागेर युक्रेनी विमान खस्दा त्यसमा रहेका १७६ जनाको मृत्यु भएको थियो। सुरुमा इरानी सेनाले इरानी नागरिकसमेत चढेको त्यस विमानमा आफूले क्षेप्यास्त्र प्रहार नगरेको बताए पनि पछि ‘झुक्किएर’ प्रहार भएको भन्दै माफी मागेको थियो।

Trending News