नेप्से १५ दशमलव १४ अंकले बढ्यो, डेढ अर्वको कारोबार

दियो पोस्ट  

काठमाडौँ, पुष २८ । नेपाल स्टक एक्सचेञ्जमा लगातार दोहोरो अंकको वृद्धी भएको छ । साताको दोस्रो दिन सोमबार परिसुचक १५ दशमलव १४ अंकले वृद्धी भई १ हजार २ सय ७० दशमलव ८६ अंक कायम भएको छ ।

साताको शुरुदेखि परिसुचक बढ्न थालेपछि कारोबार रकम पनि उल्लेख्य मात्रामा वृद्धी भएको छ । सोमबार पुँजी बजारमा १ अर्ब ७० करोड ५० लाख बराबरको कारोबार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ५५ लाख १८ हजार ६ सय ३६ सेयर कारोबार भएको छ ।

आज धेरै कारोबार गर्नेमा नेपाल दुरसञ्चार कम्पनी रहेको छ । जसको कारोबार छ करोड ४५ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसको कारोबार पाँच करोड ९७ लाख रुपियाँ बराबरको भएको छ ।