अडियो टेप सार्वजनिक भएपछि युक्रेनका प्रधानमन्त्रीले राजिनामा दिए

अडियो टेप सार्वजनिक भएपछि युक्रेनका प्रधानमन्त्रीले राजिनामा दिए

एजेन्सी । युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चारुकले शुक्रबार राजीनामा बुझाएका छन् । आफ्नो देशका राष्ट्रपति देशको आर्थिक अवस्थाबारे जानकार नरहेको भन्दै उनले बोलेको अडियो टेप सार्वजनिक भएपछि उनलाई राजीनामा दिन दबाब परेको थियो ।

प्रधानमन्त्री ओलेक्सी होन्चारुकको फेसबुक पोस्टका अनुसार उनले राष्ट्रपति भोलोदिमिर जिलेन्स्कीलाई राजीनामा पेस गरेका छन्। राष्ट्रपति र आफूबीच थप वादविवाद नहोस् भन्दै आफूले राजीनामा पत्र राष्ट्रपति सामु बुझाएको कुरा उनको पत्रमा उल्लेख छ।

अघिल्लो साता राष्ट्रपति जिलेन्स्की देशको आर्थिक अवस्थाबारे बेखबर रहेको भन्दै होन्चारुकले बोलेको अडियो टेप सार्वजनिक भएको थियो।

होन्चारुकले भने आफ्ना पुराना रेकर्डिङहरु जोडजाड गरेर अज्ञात समूहले आफूले राष्ट्रपतिलाई सम्मान नगरेको जस्तो देखाउन खोजेको बताएका छन्। प्रधानमन्त्रीले भनेका छन्, ‘यो सत्य हैन। म हाम्रो राष्ट्रपतिको कदर गर्छु र सधैं देशको भलो होस् भन्ने चाहन्छु।’

बिहीबार मात्रै विपक्षी पार्टीका न्यायाधिशहरुले राष्ट्रपतिको अवहेलना गरेको भन्दै होन्चारुकको राजीनामाको माग गरेका थिए। सत्तारुढ पार्टीले भने होन्चारुकको राजीनामा आवश्यक नरहेको बताउँदै आएका थिए।

प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्ने कि नगर्ने भन्ने सन्दर्भमा युक्रेनी संसदले चुनाव गर्नुपर्ने हुन्छ। जिलेन्स्कीको कार्यालयले पनि होन्चारुकको राजीनामा पत्र आएको र त्यसलाई छिट्टै हेर्ने बताएका छ।

होन्चारुक संलग्न यो घटनाले फरक राजनीतिक शक्तिहरुले प्रधानमन्त्रीको पदका लागि लडाइँ गरेको त्यहाँको पेन्टा थिंक ट्यांकका प्रमुख भ्लोदमिर फेसेन्कोले एपीलाई बताएका छन्। यधपि उनले प्रधानमन्त्रीको राजीनामा स्वीकृत नुहने दाबी गर्दै भनेका छन्, ‘जिलेन्स्कीले होन्चारुकलाई गुमाउन चाहँदैनन्।’रासस÷एपी

Trending News