एजेन्सी । भारतमा निर्भया बलात्कारपछिको हत्या प्रकरणका अभियुक्तहरुलाई दिइने भनिएको फाँसीको मिति सरेको छ । शुक्रबार भारतको पटियाला हाउस अदालतले उनिहरुलाई मृत्युदण्डको नयाँ वारेन्ट जारि गरेको हो । यसअघि जनवरी २२ मा मृत्युदण्ड दिइने अदालतले आदेश गरेको थियो ।
चार अभियुतमध्य महेशकुमार सिंहले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसमक्ष जीवन रक्षाको याचना दर्ता गराएका थिए । तर, राष्ट्रपति कोविन्दले शुक्रबार उनको याचना खारेज गरिदिएका थिए ।
राष्ट्रपतिबाट दयाको याचना खारेज भएपछि मृत्युदण्डको मिति सरको हो । दया याचिका खारेज भएपछाडि फाँसीका लागि १४ दिनको सूचना सार्वजनिक गर्ने प्रावधान रहेको छ ।
डिसेम्बर १६, २०१२ मा दक्षिण दिल्लीको वसन्त विहार क्षेत्रमा प्यारा मेडिकल कलेजकी विद्यार्थी निर्भयालाई बसले ठक्कर दियो।सोही समयमा अक्षयसिंह कुमार, विनयकुमार शर्मा, पवनकुमार गुप्ता, मुकेश सिंह र चालक रामसिंहले निर्भयालाई दुर्व्यवहार गरेका थिए ।
त्यसपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो । आरोपित १ जनालाई नाबालक भन्दै त्यसबेलानै माफी दिइएको थियो ।