भारतीय क्रिकेट टिमका पुर्व अलराउण्डर बापु नाडकर्णीको निधन

दियो पोस्ट  

एजेन्सी – भारतीय क्रिकेट टोलीका पुर्व अलराउन्डर बापू नाडकर्णीको ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । सन् १९५५ मा न्युजिल्यान्डविरुद्ध टेष्टमा डेब्यू गरेका नाडकर्णीले भारतबाट ४१ टेष्ट खेलेका थिए ।

जसमा १४ सय १४ रन बनाउनुको साथै ८८ विकेट लिएका छन् । उनको १ सय २२ रन अविजित उत्कृष्ट प्रर्दशन छ । जुन १९६४ मा कानपुरमा इंग्ल्यान्डविरुद्ध उक्त इनिङ खेलेका थिए । सन् १९६४ मा नाडकर्णीले इंग्ल्यान्डविरुद्ध लगातार २१ ओभर मेडन राखेका थिए । उक्त खेलमा उनले ३२ ओभरमा २७ मेडन राख्दै मात्र ५ रन खर्चेका थिए ।

जुन कीर्तिमान अहिले सम्म कसैले तोड्न सकेका छैनन् । जुन कीर्तिमान आगमी दिनमा पनि तोड्न असम्भव जस्तै देखिन्छ । उनले १ सय ९१ प्रथम श्रेणी खेल खेलेका छन् । जसमा ८ हजार ८ सय ८० रन बनाएका थिए । उत्कृष्ट प्रर्दशन २ सय ८३ अविजित छ । प्रथम श्रेणीमा ५ सय विकेट लिएका छन् ।