काठमाडौँ, पुष ४ । इनरुवामा जारि मनमोहन मेमोरिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागिय टोली नेपाल आर्मीले अर्को विभागिय टोली नेपाल पुलिससामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार भएको फाइनल खेलमा पहिले ब्याटिङ गरेको आर्मीले ४८ ओभर ५ बल खेल्दै १ सय ८४ रन बनाएको हो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४० रन बनाए । ६६ बल खेलेका उनले ४ चौका प्रहार गरे । त्यस्तै राजेश पुलामीले ३१ रन बनाउँदा राजु रिजालले २२ रन बनाए । बिक्रम सबले १५ रन बनाए भने कुशल मल्लले १३ रन बनाउँदा रोहित कुमार पौडेलले ११ रन बनाए । आर्मीका निकै उत्कृष्ठ ब्याट्सम्यान भीम सार्कीले फाइनल खेलमा ७ रन मात्र बनाए ।
बलिङतर्फ पुलिसका दिपेन्द्र सिंह ऐरि, ललित राजवंशी र सागर ढकालले समान तीन÷तीन विकेट बनाए भने पवन सर्राफले एक विकेट लिए ।
नमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश-१ ले आयोजना गरेको प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ तथा उप विजेताले २ लाख ५ हजार प्राप्त गर्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीले ५५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनहि २१ हजार प्राप्त गर्नेछन्।