काठमाडौँ, माघ ४ । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङदी क्लव र थ्रीस्टारले दुई दुई गोलको बराबरी खेलेका छन ।
दशरथ रंगशालामा भएको खेलमा मनाङका लागि अञ्जनको दुई गोलले पनि काम गरेन । खेलको अन्तिममा सम्हालिन नसक्दा मनाङले गोल खान पुग्यो । जसका कारण हातमा आइसकेको तीन अंक मनाङले बाढ्न बाध्य भयो । थ्रीस्टारले खेलको १९ औं मिनेटमा अग्रता लिन सफल भयो । उसका लाल रामाभराले फ्रिकिक मार्फत गोल गर्न सफल भए ।
त्यसपछि ३१ औं मिनेटमा मनाङका अञ्जन विष्टको प्रहारलाई थ्रीस्टारका गोलकिपरले बचाए ।
३९ औं मिनेटमा मनाङको डिफेन्सको कमजोरीको फाइदा उठाँउदै थ्रीस्टारको शिव सुवेदीले गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो । ४१ औं मिनेटमा मनाङका विमल रानाले डिबक्स भित्रबाट भएको मौकाको सदुपयो गर्न नसक्दा पहिलो हाफमा मनाङ एक शुन्यले पछाडी रह्यो ।
दोस्रो हाफको सुरुवातमा मनाङले खेल बराबरीमा पुर्यायो ।
४८ औं मिनेटमा अञ्जनलाई डिबक्समा फल गरेपछि मनाङले पाएको पेनाल्टीलाई अञ्जनले नै गोलमा परिणत गरे । जसका कारण खेल एक एकको बराबरीमा पुग्यो । ७० औं मिनेटमा मनाङले खेलमा अग्रता बनायो । यसपटक पनि अञ्जन विष्टले हेड मार्फत उत्कृष्ट गोल गरे ।
८४ औं मिनेटमा लालरम्मावियाले थ्रीस्टारका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए । उनले उनले रिबाउण्डमा गोल गरेका थिए ।
यो बराबरीपछि मनाङले सात खेलमा १३ अंक बनाएको छ । तर गोल अन्तरका आधारमा मनाङ तेस्रो स्थानमा कायम छ । जारी लिगमा अपराजित रहने मनाङ एक्लो टिम बनेको छ । थ्रीस्टारको सात खेलमा ११ अंकका साथ पाँचौ स्थानमा झरेको छ ।
लिगमा शिर्ष तीन क्लवको समान १३–१३ अंक भएको छ । शिर्ष स्थानको आर्मीको छ खेलमा १३ अंक छ भने दोस्रो स्थानको मच्छिन्द्रको १३ अंक नै छ ।