काठमाडौं, ५ माघ । गत पुस २३ गते सुन्सरीको इटहरीस्थित दुहबीमा रहेको चौधरी समुहको लगानी रहेको पशुपति विस्कुट उद्योगमा आगलागी भएको सामाचार सार्वजनिक भएको थियो । तर, पशुपति विस्कुटमा आगलागी भएको हल्ला गरेर चौधरी समुहले भने अर्कै कम्पनिको बिमा दाबी गरेको खुलाशा भएको छ ।
मुख्य दैनिक पत्रिकाले समेत पशुपति विष्कुट उद्योगमा आगलागी भएको र करोडौं क्षती भएको उल्लेख गरेका थिए ।
ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक प्रविन कार्कीका अनुसार चौधरी समुहले पशुपति विष्कुट उद्योगकै परिसरमा रहेको ‘सिजी फ्लेक्सी प्याक’ फ्लेक्जिवल प्याकेजिङ उद्योगमा आगलागी भएको र उक्त उद्योगमा आगलागी हुँदा १० करोडभन्दा बढी क्षेती भएको प्रहरी रिपोर्ट बनाएको छ ।
‘मोटामोटी १० करोड क्षेती भएको प्रमाणित गर्न आउनु भएको थियो । हामीले त्यही अनुसार प्रमाणित गरेर पठाएका छौँ,’ कार्कीले भने,‘कुन विमा कम्पनि हो भन्ने हामीले थाहा पाएनौँ । त्यो हामीलाई चासो हुने करा पनि भएन ।’
अर्बपति व्यापारी बिनोद चौधरीका भाई बसन्त चौधरीको स्वामित्वमा रहेको पशुपति विष्कुट नेपाली सेनाले खाने गरेको थियो । तर केही वर्षअघि देखि सेनाले उक्त विष्कुट खान छाडेको छ । सेनाले विष्कुट खान छाडेपछि भने पशुपति विस्कुट धरासयी बनेको थियो । स्रोतका अनुसार उद्योग भित्र विमा दाबीकै लागी आगलागी गराइएको थियो ।
चौधरी समुहले प्रहरी कार्यालयमा क्षेतिको विवरण बुझाएको छैन । यद्धपी बिमा रकम भने १० करोडभन्दा बढी दाबी गरिएको छ ।
स्रोतका अनुसार विनोद चौधरीकै २७ प्रतिशतभन्दा बढी शेयर रहेको युनाइटेड इन्स्योरेन्स कम्पनिमा बिमा दाबी गरिएको छ ।
युनाइटेड इन्स्योरेन्स कम्पनि विगतमा पनि चौधरीकै कारण विवादमा परेको हो ।
राजधानीको सतुंगलमा रहेको सीजी इलेक्ट्रोनिक्समा भएको आगलागी घटना पश्चात दाबी गरिएको बिमा रकमका कारण विनोद चौधरी नै विवादमा आएका थिए । उनले किर्ते बिमा दाबी गरेको पुष्टि नै भएको थियो ।
‘फायर पोर्टफोलियो’ जसलाइअग्नि बीमा कारोबार भनिन्छ । सोही प्रयोजनका लागि पशुपति विस्कुट उद्योगमा आगलागी भएको हल्ला गरिएको समेत उच्च स्रोतको दाबी छ ।
चौधरीले त्यतिबेला किर्ते गरी करिब ६० करोड भन्दा बढी रकम युनाइटेड इन्स्योरेन्सबाट लिएको पुष्टि भएको थियो । किर्ते दाबी गरेपछि विमा समितिलाई २४ करोड रुपैयाँ असुल्न उच्च अदालत पाटनले निर्देशन दिएको थियो ।
नेपाली कांग्रेसका समानुपातिक सांसद रहेका विनोद चौधरी फोर्ब्सको अर्बपति व्यापारीको सुचीमा छन् ।
२०६९ असोजमा सतुङ्गल गोदाममा आगो लागेपछि सर्भेयर र अण्डराइटरले अग्नि बीमा अन्र्तगत ५८ करोड क्षति भएको प्रमाणित गरेका थिए ।
उनको कम्पनीले नेपालको इतिहासमै सबैभन्दा ठूलो दावी ५८ करोड ९७ लाख ७० हजार ६ सय ३२ रुपैयाँको चेक बिमित सिजी इम्पेक्स प्रा.लि., इओएल प्रा..लि. र सिजी इलेक्ट्रोनिक्स कम्पनीका तर्फबाट प्रतिनिधि नरोत्तमकुमार मेहतालाई प्रदान गरेको थियो ।
दावी भुक्तानीको चेक यूनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरबिक्रम रायमाझीले प्रदान गरेका थिए । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरबाट रिटायर्ड भएपछि रायमाझी युनाईटेड इन्सुरेन्समा सिईओको जिम्मेवारी लिन गएका थिए ।
सोही अनुसार युनाइटेड इन्सुरेन्सले विभिन्न समयमा ३४ करोड दाबी भुक्तानी गरेको र २४ करोड रुपैयाँ बैंक ग्यारेन्टी गरेको थियो ।
तर, अहिले अदालतले बीमा समितिको निर्णयलाई नै सदर गरिदिएपछि सिजलिे किर्ते गरेको प्रमाणित भएको छ ।
सेयर होल्डरको लगानीमा संस्थापकले रजाई गरेको भन्ने उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियामक बीमा समितिलाई छानबिन गर्न आदेश दिएको थियो ।
अख्तियारको आदेश पालना गर्दै तीन सदस्यीय छानबीन टोली समेत गठन गरेर बीमा समितिले छानबिन गरेको थियो । समितिको छानबिनबाट पनि ३४ करोडको मात्र क्षति भएको देखिएको थियो ।
आफै बीमा दाबी गर्ने र आफै बीमा भुक्तानी गर्ने अर्थात बीमा दाबी गर्ने सीजी इम्पेक्स, इओए र सीजी इलेक्ट्रोनिक्स विनोद चौधरीले नेत्ृात्व गरेको चौधरी समूहको पूर्ण स्वामित्वको कम्पनी हुन् । कुनै समय विवादास्पद व्यापारी राजेन्द्र खेतान पनि यस्तै काण्डमा मुछिएका थिए ।
खेतानको कम्पनि मायोजमा आगलागी भएपछि खेतानकै लगानी रहेको एभरेष्ट इन्स्योरेन्सले अग्नि बिमा दाबी भुक्तानी गरेको थियो । एभरेष्ट इन्स्योरेन्सलाई हालसम्म पनि सोही कारण अग्नि बिमा कारोबारमा रोक लगाएको छ ।
आफूलाई कबिको रुपमा चिनाउच चाहाने बसन्त चौधरीले पनि बिमा भूक्तानीकै लागी योजना बनाएको बुझिएको छ । फेक रेस्क्युबाट आउने पर्यटकमाथि उपचारको नाममा ठगीधन्दा नै चलाएका चौधरीद्वारा सञ्चालित नर्भिक अस्पताल स्वास्थ्य मन्त्रालयको छानबीनमा छ ।