बुद्ध एयरको जहाज यतिको जहाजसंग ठोक्कियो

दियोपोस्ट संवाददाता

काठमाडौं, ६ माघ । आज बिहान ८ बजे जनकपुर उड्नै लागेको बुद्ध एयरको जहाज पार्किङ-वेमा राखिएको यति एयरलाइन्सको जहाजसँग ठोक्किएको छ । बुद्ध एयरका अनुसार ट्याक्सी-वेबाट धावनमार्गतर्फ जाँने क्रममा जहाज ठोक्किएको हो ।

‘नांगो आँखाले कुनै क्षति देखिदैन,’ बुद्धका एक अधिकारीले भने, ‘तर, एक जहाजले अर्को जहाजलाई छुनासाथ त्यो जहाजले उडान गर्न पाउँदैन ।’ उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीले निरिक्षण गरी पास गरेपछि मात्र जहाज उडाउन पाइन्छ ।

त्यसपछ जनकपुर उडान केहीबेर रोकिएको थियो । बुद्धले अर्को जहाज आइसकेपछि जनकपुर उडान नियमित गरेको छ । साँघुरो संरचना र धेरै जहाज भएपछि अहिले त्रिभुवन विमानस्थलमा जहाजहरु छोइने र ठोक्किने क्रम बढेको विमानस्थल प्रशासन बताउँछ ।

सम्बन्धित खबर

सिफारिस