अनेरास्ववियु ललितपुर जिल्ला संयोजकमा अमिर खरेल

दियो पोस्ट  

ललितपुर, माघ ७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले ललितपुर जिल्ला संयोजकको रुपमा अमिर खरेललाई जिम्मेवारी दिएको छ ।

सोमबार सबै जिल्लाको संयोजक र सहसंयोजकको टुंगो लगाउँदै खरेललाई ललितपुर जिल्ला संयोजकको रुपमा अनेरास्ववियु केन्द्रीय कमिटीले जिम्मेवारी दिएको हो ।

पार्टी एकता भएपछि तात्कालिन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको एकता पश्चात अनेरास्ववियु गठन भएको हो । जिल्ला संयोजकको रुपमा जिम्मेवारी पाएका खरेल तात्कालिन अखिल क्रान्तिकारी सम्बद्ध विद्यार्थी नेता हुन् ।

विद्यार्थी राजनीतिको समयमा अखिल क्रान्तिकारी क्याम्पस इकाईको सदस्य हुँदै अध्यक्षसम्मको जिम्मेवारी यसअघि नै पुरा गरिसकेको छन् । उनले ललितपुरको पाटन संयुक्त क्याम्पसबाट विद्यार्थी राजनीति गरेका हुन् । तात्कालिन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यसमेत भइसकेका खरेल यसअघि ललितपुर जिल्ला समितिको उपाध्यक्ष रहेका थिए ।

१० बर्ष भन्दा बढी समय विद्यार्थी राजनीतिमा बिताएका खरेलको स्थायी ठेगाना काभ्रेको भुम्लु गाउँपालिका हो । दियोपोस्टसँग कुरा गर्दै खरेलले केन्द्रिय कमिटीले दिएको जिम्मेवारीलाई पुर्ण रुपमा बहन गर्दै ललितपुरभित्रको विद्यार्थी राजनीतिलाई अझ शसक्त बनाएर लैजाने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

सिफारिस