बिग बास लिगः सन्दीप लामिछाने १८ रन खर्चिए तर विकेटविहीन

दियो पोस्ट  

बिग ब्यास क्रिकेट लिगमा नेपाली बलर सन्दिप लामिछानेले दुई ओभरमा १८ रन खर्चिए ।

सन्दिपले पहिलो ओभरमा ५ रन दिएका छन । टिमको दशौं तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा दुई रन दिए भने दोस्रो बलमा एक तथा तेस्रो बलमा पनि एक रन खर्चिए । चौथो बलमा पनि उनले एक रन दिए ।

पाँचौ बल डट फालेको उनले छैटौ बलमा पनि रन दिएनन् । त्यसपछि दोस्रो ओभरमा उनले १३ रन खर्चिए ।

टिमको १२ औं तथा ब्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा एक रन दिएका उनले दोस्रो बलमा पनि एक रन खर्चिए । तेस्रो बलमा उनले चौका खान पुगे । उनलाई एलेक्स कारेले लेग साइडमा चौका प्रहार गरे ।

त्यसपछि चौथो बलमा सन्दिपको बलमा एलेक्सले छक्का प्रहार गरे । पाँचौ बलमा एक रन दिएका सन्दिपले अन्तिम बल डट फाले ।