एथ्लेटिको बिल्बाओका फरवार्ड विलियम्समाथि खेल मैदानमै दुब्र्यवहार

दियो पोस्ट  

एजेन्सी । स्पेनिस क्लब एथ्लेटिक बिल्बाओका फरवार्ड इनाकी विलियम्सलाई रंगभेदीय दुर्व्यवहार भएको छ ।

ला लिगा अन्तर्गत शनिबार स्पानियोलसँगको खेल दौरान विलियम्सलाई रंगभेदीय दुर्व्यवहार भएको हो । स्पानियोलसँग १–१ को बराबरी भएको खेलमा स्पेनिस फरवार्डमाथि घरेलु टोलीका समर्थकहरुले दुर्व्यवहार गरेका थिए ।

खेलपछि विलियम्सले आफुलाई दुर्व्यवहार भएको बताएका छन् । २५ वर्षे विलियम्सले गत वर्ष बिल्बाओसँग ९ वर्षे सम्झौता गरेका थिए ।