कास्की, माघ १२ । प्रहरीले २९ राउण्ड गोलीसहित पोखराबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ बस्ने जितु शाही रहेका छन् ।
पोखरा विमानस्थलबाट काठमाडौँ आउन लागेका शाहीको झोला एक्सरे मेसिनमा चेकजाँच गर्दा बोर राइफलमा लाग्ने २९ राउण्ड गोली भेटिएको हो ।
प्रहरीले गोलीसहित शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।