काठमाडौँ । रियल मड्रिड स्पेनिस लालिगाको शीर्ष स्थानमा उक्तिएको छ । गएराती रियल भालाडोलिडलाई पराजित गर्दै रियल मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
भालाडोलिडकै घरेलु मैदानमा रियल १–० गोलअन्तरले विजयी भएको हो ।
रियल मड्रिडको जितमा नाचोले गोल गरेका हुन् । उनले खेलको ७८ औँ मिनेटमा टोनी क्रुसको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
जितबाट ३ अंक बटुेलेको रियल मड्रिड ४६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । ४३ अंकसहित बार्सिलोना दोस्रो स्थानमा रहेको छ । त्यस्तै ३८ अंक बटुलेको सेभिल्ला तेस्रो स्थानमा रहेको छ ।

रियल मड्रिडले आगामी शनिबार एट्लेटिको मड्रिडसँग खेल्ने छ ।