नेइमारको गोलमा पिएसजीको सहज जित

दियो पोस्ट  

एजेन्सी । फ्रेञ्च लिग वान फुटबलमा पिएसजीले लिलिलाई २–० गोल अन्तरले पराजित गरेको छ । आइतबार राति भएको खेलमा साविक विजेत समेत रहेको पिएसजीले सहज जित निकालेको हो ।

खेलको २८ औँ मिनेटमा नेइमारले गोल गर्दै पिएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५२ औँ मिनेटमा पेनाल्टी सदुपयोग गर्दै नेईमारले दोस्रो गोल गरेका थिए ।

पीएसजी खेल तालिकाको शीर्ष स्थानमा रहेको छ । पीएसजीले २१ खेलमा ५२ अंक जोडेको छ । लिली ३१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।