युभेन्टसको दोस्रो हारः नापोलीसँग २–१ ले स्तब्ध

दियो पोस्ट  

एजेन्सी । ईटालियन सिरि ए फुटबलमा युभेन्ट्सले दोस्रो पराजय भोगको छ । आईतबार राति भएको खेलमा शीर्ष स्थानको युभेन्ट्स नापोलीसंग २–१ गोल अन्तरले स्तब्ध भएको हो ।

पिओटर जिकिंस्कीले ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिन चार मिनेट बाँकी छँदा लोरेन्जो ईनसिग्नीले भली गोल गर्दै अग्रता दोब्बर बनाए ।

युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले खेलको ९० औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर समय निकै घर्किसकेको थियो ।

नापोलीसँग पराजित भएपनि युभेन्टसले खेल तालिकामा ५१ अंकसहित शीर्ष स्थान कायम राखेको छ । जितसंगै नापोली २७ अंक जोडेर दशौं स्थानमा उक्लिएको छ ।