चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८० नाघ्यो

दियो पोस्ट  

एजेन्सी । चीनमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८० भन्दा बढी पुगेको छ । चीनियाँ संचारमाध्यमहरुका अनुसार हालसम्म ३ हजार जनाभन्दा बढी व्यक्तिमा भाइरसको संक्रमण भेटिएको छ ।

भारसको संक्रमण भएपछि ३ सय जनाभन्दा बढी मानिसहरु निमोनियाका कारण गम्भिर बिरामी परेका छन् । मृत्यु हुनेमध्यमा हुबे प्रान्तका मात्र ७६ जना रहेका छन् । अन्य ४ जना भने छुट्टै स्थानका रहेको चिनियाँ समाचार एजेन्सीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको संक्रमण देखिएपछि चिनले विमानस्थल चेकजाँचमा कडाई गरेको छ । भाइरसबाट संक्रमितको उपचारका लागि मात्र भनेर चिन सरकारले ६ दिन भित्र एक हजार शैय्याको अस्प्ताल निर्माणकार्य थालिसकेको छ ।

कोरोनाभाइरसको बिरामी चिनमा मात्र नभई छिमेकी मुलुक भारत हुँदै नेपालमा समेत देखिन थालेका छ । त्यस्तै इंग्ल्याण्डमा ८ जनामा कोरोनाभाइरस देखिएको छ भने अमेरिका र अस्ट्रेलियामा ५÷५ जनामा भाइरस देखिएको छ । सिंगापुर, ताइवान र मलेशियामा पनि ४÷४ जना संक्रमित ब्यक्ति भेटिएको छ । फ्रान्स र जापानमा ३÷३ जना, दक्षिण कोरिया र भियतनाममा २÷२ जना र क्यानडामा समेत एकजना व्यक्तिमा भाइरस भेटिएको हो ।