नेशनल मेडिकल कलेजका निर्देशक अन्सारीको घरअगाडी शंकास्पद बस्तु

दियो पोस्ट  

पर्सा । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अन्सारीको घरअगाडि शंकास्पद वस्तु फेला परेको छ ।

घर अगाडि शंकास्पद वस्तु फेला परेपछि प्रहरीले त्यस क्षेत्रको आवागमनमा रोक लगाएको छ । झोलामा प्रेसरकुकर देखिएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटानस्थल पुगेर शंकास्पद वस्तु व्यवस्थापन तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।