ओडिआई खेल्न सन्दीप नेपाल आउँदै, मेलबर्नले लेख्यो ‘वी आर गोइङ टु मिस यू’

दियो पोस्ट  

काठमाडौँ, माघ १३ । नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछाने सोमबार राति नेपाल आइपुग्ने भएका छन् । विश्व क्रिकेट लिग डिभिजन–२ खेल्नका लागि नेपाल आउन लागेका हुन् । अष्ट्रेलियामा बिग बास लिग खेलिरहेका सन्दीप राष्ट्यि टोलीमा परेपछि सोमबार बेलुका साढे ८ बजे नेपाल आइपुग्ने रमण शिवाकोटीले जानकारी दिए।

सन्दीप बिग बास लिग छोडेर नेपाल आउन लागेपछि उनको टिम मेलबर्न स्टार्सले उनलाई बिदाई गरेको छ । सामाजिक संजालमार्फत फाइनलमा निकै मिस गर्ने समेत उल्लेख गरेको छ । ‘एउटा अर्को उत्कृष्ठ सिजनका लागि धन्यवाद सन्दीप’ मेलबर्नले लेखेको छ, ‘हामी तपाईँलाई फाइनलमा खुब मिस गर्नेछौँ, नेपालको लागि शुभकामना ।’

आगामी माघ २२ देखि २९ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक ओडीआई सिरिजका लागि नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ।

नेपालले एक दिवसीय मान्यता पाएपछि पहिलोपटक घरेलु मैदानमा ओडीआई सिरिज खेल्न लागेको हो।

सन्दीप सम्मिलित मेलबर्न स्टार्स १४ खेलमा १० मा जित र ४ मा हारसहित शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो। जारी बिग बासमा सन्दीपले १३ खेलमा १५ विकेट लिएका थिए। योसँगै सन्दीपको टि–ट्वान्टी क्रिकेटमा आफ्नो विकेट संख्या ९९ पुगेको छ।

सिफारिस