आइतबार २० अंकले घटेको पुँजीबार २३ अंकले बढ्यो

दियो पोस्ट  

काठमाडौं । पुँजीबजार केही दिनदेखि निकै अस्थीर देखिएको छ । दोहोरो अंकका साथ घटबढ भइरहेको पुँजीबजार सोमबार पुनः दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसुचकमा २० दशमलव ७९ अंकको गिरावट भएको थियो । तर सोमबार सम्म आइपुग्दा पुँजीबजारमा पुन बहार छाएको छ ।

नेपाल स्कटक एक्सचेञ्जका अनुसार सोमबार परिसुचकमा २३ दशमलव ९५ अंकको वृद्धी भएको छ । परिसुचक वृद्धी सँगै कारोबार रकम पनि बढेको छ । सोमबार नेप्से परिसुचक बढेर १ हजार ३ सय दशमलव ६२ अंकमा पुगेको छ भने कारोबार रकम ९१ करोड ७३ लाख ५९ हजार ८ सय ६५ रहेको छ ।

सोमबार धेरै कारोबार गर्नेहरुमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो नम्बरमा रहेको छ । नेपालल लाईफले ८ करोड १४ लाख रुपैयाँको कारोबार गरेको छ ।