दियोपोस्ट संवाददाता
मलेशिया, १३ माघ । मलेशियाको मर्डेका रंगशालामा सम्पन्न हिमालयन फूटबल क्लबको फाइनलमा पिवाईसी जोहोर बिजयी भएको छ । आयोजक हिमालयन फूटबल क्लब ए उपविजेता बनेको छ । त्यस्तै एमएम फूटबल क्लब तेस्रो भएको छ ।
आगामी मे महिनाबाट मलेशियामा हुने माइग्रेन कप २०२० को छनौट खेलमा विजेता बनेको पिवाईसि जोहोरेले १० हजार रिंगेट अर्थात २ लाख ८१ हजाार नेपाली रुपैयाँसहित मेडल प्राप्त गरेको छ । उपविजेता बनेको आयोजक टिम हिमालयन फूटबल क्लब एले ५ हजार रिंगेट अर्थात एक लाख ४० हजार रुपैयाँसहित मेडल प्राप्त गरेको छ ।

त्यस्तै तेस्रो हुने एमएम फूटबल क्लबले ५६ हजार नेपाली रुपैयाँ सहित मेडल पाएको छ ।
माघ ११ गतेदेखि शुरु भएको खेलकुद प्रतियोगितामा १३ वटा नेपाली खेलाडीहरुको टिम सहभागी भएको थियो ।