धरौटीमा रिहा भएपछि आस्थाले भनिन्, ‘गल्ती म बाटै भएको थियो’

दियो पोस्ट  

काठमाडौँ, माघ १४ । प्रहरी हिरासतबाट रिहा भएपछि गायिका आस्था राउतले गल्ती आफैबाट भएको स्वीकार गरेकी छिन् । मंगलबार जिल्ला प्रशासन कार्यलय काठमाडौँले धरौटीमा रिहा गर्न आदेश गरेसँगै छुटेकी राउतले पत्रकारहरुसँग सक्षिप्त कुराकानी गर्दै गल्ती गल्ती आफ्नै भएको स्वीकार गरेकी हुन् ।

कुराकानीमा उनले प्रहरी संगठको प्रशंसा समेत गरेकी छिन् । ‘मैले भनेजस्तो प्रहरी नराम्रो होइन रहेछ’, गायिका राउतले भनिन्, ‘उहाँहरु साँच्चिकै साथि नै हुनुहुँदो रहेछ ।’ गायिका राउतले प्रहरीसँग बिताएको २ दिनले जीवनमा ठुलो पाठ सिकेको समेत बताए । आफुलाई प्रहरीले निकै राम्रो ब्यवहार गरेको र प्रहरीप्रतिको आफ्नो दृष्टिकोण नै परिवर्तन भएको बताएकी छिन् ।

४ हजार रुपैयाँ धरौटीमा छुटेकी आस्थाले अब १४ फागुनमा सीडीओ कार्यालयमा हाजिर हुनुपर्ने छ । उनले प्रहरीलाई आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने बताएकी छन् ।