काठमाडौँ, माघ १६ । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई २–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै लिभरपुलले लिग तालिकाको शीर्ष स्थानमा कायम रहँदै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग १९ अंकको अग्रता लिएको छ ।
लिभरपुलको जितमा मोहमद सलाहा र एलेक्स ओक्सलेड चेम्बरलेनले एक एक गोल गरे । खेलको ३५ औं मिनेटमा सलाहाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा चेम्बरलेनले लिभरपुलको जित सुनिश्चित गरेका थिए ।
लगातार १५ खेलमा जित निकाल्दै लिभरपुल सन् १९९० पछि उपाधि होडमा लम्किएको छ ।
लिभरपुल लिगको ४१ खेलमा अपराजित छ । पराजित बनेको वेस्ट ह्याम रेलिगेशन जोन भन्दा मात्र एक स्थान माथि छ । वेस्ट ह्याम २३ अंक सहित तालिकाको १७ औं स्थानमा छ ।