सडकमा कार ठोक्काएर बाघ मार्ने युनाइटेड फाइनान्सका सिइओ मिश्रलाई बन्यजन्तु मुद्दा दर्ता !

दियो पोस्ट  

काठमाडौं, २२ पुस । पूर्व–पश्चिम राजमार्गस्थित बाराको पथलैया क्षेत्रमा पर्ने पर्सा राष्ट्रिय निकुञ्जभित्र सडकमा जथाभावी सवारी चलाउँदा गत शुक्रबार एउटा पाटे बाघको निधन भयो । सडकमै बाघको मृत्यु हुने गरी सवारीमा हुँइकिने व्यक्ति अर्थात युनाइटेड फाइनान्सका सिइओ अजय मिश्रलाई बन्यजन्तु संरक्षण ऐन अनुसार सजाय हुने भएको छ ।


कार चालक सर्लाही बलरा नगरपालिका–३ का ५३ वर्षीय मिश्रविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो ।

बारा जिल्ला अदालतमा उनीविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ । घटना भएकै दिनबाट उनलाई नियन्त्रणमा राखी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको निकुञ्जले जनाएको छ ।


मिश्रसँग निकुञ्जका रेञ्जर दीपक तिवारीले बयान लिएका थिए । निकुञ्जले घटनाबारे अनुसन्धानपछि प्रतिवेदन तयार गरेर मिश्रलाई अदालतमा पेस गर्ने छ ।

उनी सवार गाडी सडकमा आवश्यकता भन्दा बढि स्पिडमा गाडी हुँईक्याएका कारण बाघको मृत्यु भएको पाइएको छ ।


घटना भएको दिन भने घटनास्थलबाट अजय मिश्रलाई पक्राउ गरिएको थियो ।

शुक्रबार जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा १६ च ८११ नम्बरको कारले बिहान सवा ७ बजे ठक्कर दिएको हो । कारको ठक्करबाट बाघको घटनास्थलमै मृत्यु भएको थियो ।

सम्बन्धित खबर