निर्वाचन नतिजा घोषणा गरिरहँदा अमेरिकी सिनेटमा लफडा : प्रदर्शनकारीद्वारा सभापतिको कुर्सी कब्जा !

दियो पोस्ट  

एजेन्सी । अमेरिकामा राष्ट्रपतिको निर्वाचनको घोषणा प्रक्रिया चलिरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक भिडले सिनेट कब्जा गरेको छ ।


क्यापिटलहिल स्थित सिनेटमा प्रवेश गरेको भिडले ताल्चा र ढोका फोडेका छन् । प्रदर्शनकारीहरुले सिनेटको सभापतिको सिट समेत कब्जा गरेर आफू बसेका तस्विरहरु सार्वजनिक भएका छन् ।

WASHINGTON, DC – JANUARY 06: Members of congress run for cover as protesters try to enter the House Chamber during a joint session of Congress on January 06, 2021 in Washington, DC. Congress held a joint session today to ratify President-elect Joe Biden’s 306-232 Electoral College win over President Donald Trump. A group of Republican senators said they would reject the Electoral College votes of several states unless Congress appointed a commission to audit the election results. (Photo by Drew Angerer/Getty Images)

अमेरिकी संसद भवन क्षेत्रमा स्थीति नियन्त्रणमा लिन सेना परिचालन गरिएको जनाइएको छ । राष्ट्रपति ट्रम्पले नेशनल गार्ड लगायत अन्य सुरक्षा निकायहरुलाई निर्देशन दिएको ह्वाइट हाउस प्रेस सेक्रेटरीले जनाएकी छिन् । भर्जिनियाले स्थीति नियन्त्रणमा लिनका सघाउन राज्यका २ सय सुरक्षाकर्मीहरु पठाइरहेको जनाइएको छ । यसैबीच उपराष्ट्रपति माइक पेन्सले प्रदर्शनकारीहरुले संसदभवन क्षेत्र छाड्न आव्हान गरेका छन् ।

यसैबीच पेन्टागनका मुख्य प्रवक्ताले वासिंटन डिसीमा रहेको सबै नेशनल गार्ड परिचालन गरिएको बताएका छन् ।


सिनेट र हाउसका सांसदहरुलाई भने सुरक्षित तरिकाले राखिएको जनाइएको छ । उनीहरुलाई राखिएको स्थलबारे सार्वजनिक गरिएको छैन ।


ट्रम्प समर्थक प्रदर्शनकारीहरुले संसद भवनको सुरक्षा घेरा तोडेपछि संसदको फ्लोर खाली गराइएको छ । उपराष्ट्रपति माइक पेन्सलाई पनि संसद भवनबाट बाहिर लगिएको छ । पेन्स संसदको संयुक्त सेसनका लागि संसद भवन गएका थिए ।
हाउसको च्याम्बरका अधिकारीहरुले सांसदहरुलाई कुर्सी मुनी लुक्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका थिए । यसैबीच रिपब्लिकन सांसद आदम किन्जिन्जरले कुको प्रयास भएको भन्दै ट्वीट गरेका छन् ।

वासिंटन डिसीका मेयरले बेलुका ६ बजेदेखि लागु हुनेगरी कर्फयु आदेश घोषणा गरेका छन् । कर्फयु आदेश विहिबार विहान ६ बजेसम्मका लागि घोषणा गरिएको हो । ट्रम्पले उक्साएका प्रदर्शनकारीहरु संसद भवनमा छिरेपछि संसद बैठक अबरुद्ध भएको छ ।

सम्बन्धित खबर