कोभिड १९ नयाँ प्रजाति नेपालमा पनि पुष्टि

कोभिड १९  नयाँ प्रजाति नेपालमा पनि पुष्टि

काठमाडौँ ५ माघ ।कोभिड १९ को नयाँ प्रजातीको कोरोनाभाइरस नेपालमा पनि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातीको कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

बेलायतबाट नेपाल आएका २८ बर्षीया महिला, ६७ र ३२ बर्षीय पुरुषमा उक्त भाइरसको संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

जसमध्ये २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपनि अर्का ६७ वर्षीय पुरुषमा भने अझै पनि पोजेटिभै रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा। जागेश्वर गौतमद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Trending News