सुपर लिग खेल्ने खेलाडीले विश्वकपमा खेल्न नपाउने

diyopost.com
Diyo post  शुक्रबार, माघ ०९, २०७७ | १८:५६:५६

काठमाडौं, ९ माघ । विश्व फुटबल महासंघ फिफाले युरोपियन सुपर लिग खेल्ने खेलाडीले फिफाको कुनैपनि प्रतियोगिता खेल्न नपाउने बताएको छ । त्यसमा विश्वकप फुटबल पनि रहेको छ ।

एउटै खेलाडीले दुई फरक महासंघका प्रतियोगिताबाट दोहोरो आम्दानी गर्न नपाइने भन्ने नियम बनाएपछि फिफाले सुपर लिग खेल्ने खेलाडीलाई फिफाको कुनै पनि प्रतियोगितामा सहभागिता गर्न नपाउने नियम बनाएको छ ।

फिफाले सबै महादेशको फुटबल निकायसँग छलफल गरेपछि यस्तो नियम बनाएको छ । जसमा ब्रेकअवे प्रतियोगितामा कुनैपनि खेलाडीले दोहोरो रुपमा खेल्न नपाउने भनिएको छ । यो विषयमा फिफाले सबै सात वटै महासंघलाई पनि जानकारी गराएको छ । यदि त्यसो पाइएको खण्डमा त्यो असह्य हुने भनेको छ ।

यदि कुनैपनि क्लवका खेलाडी सुपर लिग खेलेर फेरी राष्ट्रिय टिमबाट खेलेको पाइएमा उसलाई प्रतिबन्ध लगाइने फिफाको भनाई छ । सुपर लिगमा सहभागिता गरेको पाइएमा उनीहरुलाई राष्ट्रिय टिमबाट बञ्चित गरिने फिफाले कडा नियम बनाएको छ ।

पछिल्लो पटक फिफाले एउटै खेलाडीले फरक प्रतियोगितामा सहभागिता जनाएको भन्दै फिफाले आपत्ती जनाएको थियो ।

सम्बन्धित खबर