तीन महिनाभित्र सबै नेपालीलाई कोरोना खोप लगाइने छ प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई कोरोना खोप लगाइने छ  प्रधानमन्त्री

काठमाडौ १४ माघ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरूद्ध खोप पाउने बताएका छन्।

कोरोना खोप अभियानको शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलो चरणको खोप लगाइएको तीन महिनाभित्र सबै जनताहरुलाई खोप दिईने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भारत सरकारले दश लाख डोज खोप अनुदानमा दिएकोमा धन्यबाद दिएका छन्। थप खोप ल्याउनेबारे पनि पहल भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले सबैलाई निशुल्क रुपमा खोप लगाइने पनि बताएका छन् । उनले खोप लगाइसकेपछि पनि भौतिक दुरी र स्वास्थ्य सुरक्षा अपनाउने कामलाई निरन्तरता दिनसमेत आग्रह गरेका छन् ।प्रधानमन्त्री ओलीले आज खोप लगाएकाहरूले अबका २८ दिनमा अर्कोपटक खोप लगाउनुपर्ने पनि बताएका छन्।

Trending News