कार्वन उत्सर्जन शुन्य बनाउने विषयमा ‘केयु’का बिद्यार्थीले गरे बहस

diyopost.com
दियो पोस्ट  मंगलबार, पौष २०, २०७८ | १२:२५:३१

पुष २०, काठमाडौँ । आजको विश्वमा जलवायु परिवर्तनको बहस चलिरहँदा ‘काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशन, एमफिल’ दोस्रो सेमिष्टरका विद्यार्थीहरुले कार्वन उत्सर्जन सम्बन्धि बहस अघि सारेका छन् । बिश्व बिद्यालयका विद्यार्थीहरुले स्कूललाई कसरी कार्वन उत्सर्जन शुन्य बनाउने विषयमा आइतबार एक कार्यक्रम गरि बहस अघि सारेका हुन् ।

हाल विश्वव्यापी समस्याको रुपमा रहेको (कोभिड-१९) को महामारीलाई मध्यनजर गरि उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले बताए । बहस कार्यक्रममा बोल्दै विश्वविध्यालय स्कल अफ एजुकेशनका डिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलले एक विध्यार्थी एक विरुवाको अवधारणा अघि सारे । उनले सामूदायीक विद्यालयहरुमा कृषि बगैचा हुनु पर्नेमा जोड दिए ।

अन्य वातावरणीय जोखिम न्युनिकरणमा नीति नियमको खाँचो औँल्याउदै प्राध्यापक डाक्टर लुइटेलले सरोकारवालाहरुले यसका लागि पहल गर्नु पर्ने बताए ।

कार्यक्रममा आफ्नो बिचार राख्दै प्राध्यापक डाक्टर महेशनाथ पराजुलीले विश्वमा अस्वाभाविक रुपमा देखा परेको जलवायु परिवर्तनले बिभिन्न समस्या आएको र अत्यधिक कार्वन उत्सर्जनका कारण स्वास्थ्य र पृथ्वीलाई रोगी बनाएको बताए ।

प्राध्यापक डाक्टर हरी लम्सालले बिश्वमा देखा परेका समस्या र यसको न्यूनिकरण गर्न बिश्व विद्यालयहरुले खेलेको भूमिका महत्वपुर्ण रहेको बताए । उनले आगामी दिनमा कार्वन उत्सर्जन न्यूनिकरण गर्न सकिने भन्दै निति र नियतिलाई संगै लैजानु पर्नेमा जोड दिए ।

यसैगरि, कार्यक्रममा आफ्नो धारणा राख्दै नीति अनुसन्धान प्रतिष्ठानका अनुशन्धान अधिकृत डाक्टर शोभा पौड्यालले विभिन्न देशमा गरिएका प्रयोग, नीति नियम र सफलताका कारण नेपालमा पनि यसको संम्भावना रहेको बताइन् । पेरीस सम्झौतामा नेपालले पनि हस्तान्तर गरिसकेको बताउँदै अधिकृत डाक्टर पौड्यालले आगामी दिनमा यो विषय नीति नियममा संलग्न गर्नुपर्ने बिषय भएको औँल्याइन् ।

पाठ्यक्रम नै प्रथम सुरुवात विन्दु हुने भएकोले यस विषयलाई पाठ्यक्रमा नै समावेश गर्नु पर्ने प्राध्यापक डाक्टर राधा वाग्लेको भनाई छ । बिद्यार्थीहरुलाई यस विषयमा जागरुक बनाउदै बनेका नीति नियमलाई व्यवहारिक रुपमै कार्यान्वयन गर्नु पर्नेमा उनको जोड छ ।

काठमाडौँ  विश्व विद्यालयका पुर्व डिन प्राध्यापकक डाक्टर महेशनाथ पराजुलीले पृथ्वीमा ५० वर्षपछि मानवको अस्तित्व मेसिनमा परिणत हुनसक्ने भन्दै पृथ्वीलाई बचाउनु नै सबै भन्दा पहिलो सर्त हुने औँल्याए । उनले मानिसको चेतनाको स्तर वृद्धि भई शिक्षा र पर्यावरणको पाठ्यक्रममा समन्वय नभएसम्म पृथ्वीमा खतरा रहि रहने बताए । मानवीय अस्तित्वको लागि विद्यालयहरु कार्वन शुन्य हुनु पर्ने र यो बिषयले निरन्तरता पाउन सके पर्यावरण र मानवीय अस्तित्व कायम रहने प्राध्यापकक डाक्टर पराजुलीको तर्क छ ।

कार्यक्रममा एम.फील.मा अध्ययनरत विद्यार्थीहरुले संकलन गरेका तथ्याङ्कहरुलाई केन्द्रमा राखि विद्यालयमा हुने कार्वन उत्सर्जन, सवारी साधन, क्यान्टिन लगायत प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा देखिने समस्यालाई प्रथमिकताका साथ उठान गरि बहस गरिएको थियो ।
कार्यक्रममा प्राध्यापक डाक्टर हरी लम्साल, वागमती प्रदेशका सचिव डा.राधा वाग्ले, पासाङ्ग डोल्मा सेर्पा, डाक्टर शोभा पौड्याल, सन्तोष दाहाललगायतले आ आफ्नो धारणा ब्यक्त गरेका थिए ।

भर्चुअल माध्यमबाट संचालन गरिएको उक्त कार्यक्रममा स्कुलमा वातावरण विषय अध्यापन गराइरहेका शिक्षक, विद्यार्थी प्रतिनिधि र अन्य पेशागत सारोकारवालाहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर