कोरोना संक्रमण फेरी बढ्यो, २४ घण्टामा ३ हजार संक्रमित थपिए !

diyopost.com
दियो पोस्ट  शनिबार, माघ ०१, २०७८ | १९:३८:४३

काठमाडौं, । पछिल्लो २४ घण्टामा नेपालमा ३७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३७ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी ४१ सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा ९३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शनिबार पीसीआर र एन्टीजेन गरेर १४ हजार ५५६ जनाको परीक्षण गर्दा चार हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार २४ घण्टामा चार जना संक्रमितको मृत्यु भएको छ भने ३५० जना डिस्चार्ज भएका छन् । २४ घण्टामा चार लाख ३५ हजार १९३ जनाले ोप लगाएका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।

सम्बन्धित खबर