काठमाडौँ । सञ्चारकर्मी तथा पत्रकार लाल बहादुर विश्वकर्मा ‘एलबीको निधन भएको छ । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई जावलाखेलस्थित पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो । अस्पताल पुगेको केहीबेरमै उनको निधन भएको हो ।
मृत्युको कारणबारे यकिन नभएपनि उनी लामो समयदेखि निमोनियाबाट पीडित रहेको पारिवारिक सदस्यले बताए ।
अछाम रामारोशन घर भइ काठमाडौंका विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका उनी पछिल्लो समय टिभी टुडे टेलिभिजनमा कार्यरत थिए ।
टिभि टुडेमा उनले एक कार्यक्रम समेत सञ्चालन गर्दै आएका थिए । उनी समाजवादी प्रेस संगठनको केन्द्रीय सदस्य समेत थिए ।