बालुवाटारमा ५ दलिय गठबन्धनको बैठक फेरी शुरु

diyopost.com
दियो पोस्ट  शनिबार, माघ १५, २०७८ | २०:१८:११

 

काठमाडौं । सत्तारुढ ५ दलिय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणका अनुसार सत्ता गठबन्धनका शीर्ष नेताको बैठक भर्खरै सुरु भएको हो।

 

उनका अनुसार आगामी निर्वाचन र सत्तारुढ दलको रणनीतिबारे बैठक आयोजना भएको हो । आज विहान पनि प्रधानमन्त्री निवासमा गठबन्धनको बैठक भएको थियो ।

सत्ता गठबन्धनले यसअघि आगामी निर्वाच्न स्थानीय तहको निर्वाचन सम्बन्धमा कानुनविद्सँग् छलफल गरेको थियो। संविधानको धारा २२५ र स्थनीय तह सम्बन्धी ऐन, २०७३ बाझिएपछि कानुनविद्ले संविधान बमोजिमको कानुन बनाउनुपर्ने सुझाव दिएका थिए।

बालुवाटारको छलफलमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ।

सम्बन्धित खबर